कम्पनीले घर खरिद गर्न चाहने इच्छुक ग्राहकहरुलाई प्रोपर्टी देखाउन तीन दिनको ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ । ओपन हाउस कार्यक्रममा घर बिक्रीका लागि प्रर्दशनीमा राखिन्छ । घर खरिद गर्न इच्छुक ग्राहकलाई अवलोकनको मौका मिल्छ ।
काठमाडौं । ओशो तपोवन नजिकै शान्त र रमणीय नागार्जुन डाँडोमा आलिसान बंग्लो बिक्रीमा राखिएको छ । १३ रोपनी क्षेत्रफलमा बनेको बंग्लो फार्म हाउसकै थिममा रहेको छ ।
यस सुविधा सम्पन्न बंग्लोको मूल्य १९ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो मूल्यमा पनि ग्राहकले नेगोसेसन गर्न पाउने बताइएको छ ।
घर बिक्रीका लागि एक्सक्लुसिभ मार्केटिङको अधिकार नेपाल रियल इस्टेट सोलुसनले लिएको छ । कम्पनीले शनिबार, आइतबार र सोमबार ‘ओपन हाउस’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले घर खरिद गर्न चाहने इच्छुक ग्राहकहरुलाई प्रोपर्टी देखाउन तीन दिनको ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ । ओपन हाउस कार्यक्रममा घर बिक्रीका लागि प्रर्दशनीमा राखिन्छ । घर खरिद गर्न इच्छुक ग्राहकलाई अवलोकनको मौका मिल्छ । अर्थात्, ओपन हाउस कार्यक्रमले बिक्रेता र क्रेतालाई साझा मञ्च सिर्जना गरिदिन्छ ।
निश्चित समय छुट्याएर सम्भावित ग्राहकलाई घर तथा भवन देखाउन आयोजना गरिने कार्यक्रम ओपन हाउस हो । यो घरधनी, घरजग्गा एजेन्सी र डेभलपरका लागि प्रोपर्टी बिक्रीमा राखी विज्ञापन गर्ने साझा मञ्च हो भने ग्राहकका लागि नयाँ नयाँ घरहरु हेर्ने मौका हो ।
तीन दिनसम्म चल्ने ओपन हाउस कार्यक्रममा इच्छुक ग्राहकहरुले नागार्जुन गएर प्रोपर्टी हेर्न सक्ने कम्पनीले जनाएको छ । प्रोपर्टी देखाउन कम्पनीले डेडिकेटेड व्यक्तिको व्यवस्था गर्नेछ । ओपन हाउसमा ग्राहकहरुलाई मज्जाले फुर्सद निकालेर प्रोपर्टी अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।
शान्त र प्राकृतिक वातावरणमा बस्न चाहनेहरुका बंग्लो उपयुक्त रहेको छ । बंग्लोमा पुग्दा लक्जरी रिसोर्टमा पुगेको अनुभूति हुन्छ । रिङरोडबाट बंग्लोमा पुग्न सात किमी दुरी छ । काठमाडौं–त्रिशुली राजमार्गबाट दुई सय मिटरमा पर्छ ।
घरमा जानका लागि २० फिटको ढलान बाटो छ । दक्षिणतर्फको स्लोपमा नर्सरी बनाइएको छ । लालपूर्जामा १३ रोपनी मात्र भए पनि साइटमा २० रोपनी जग्गा रहेको कम्पनीले जनाएको छ । बंग्लोमा गार्ड हाउस र सर्भिस क्वाटर पनि रहेको छ ।
घरमा ६ वटा बेडरुम छन्, जसमध्ये मास्टर बेडरुममा अट्याच बाथरुम रहेको छ । बंग्लोमा दुईवटा कमन बाथरुम छन् । किचन, डाइनिङ, लिभिङ रुम पनि फराकिला छन् । डाइनिङ, लिभिङ, बेडरुम जताततैबाट बाहिरको हरियाली वातावरण देख्न पाइन्छ । बंग्लोमा ठूला झ्यालहरु प्रयोग गरिएको छ ।