निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

कोभिड महामारी सुरु भएको वर्ष ०७६/७७ मा पनि निर्माण क्षेत्रको मूल्य वृद्धिदर -३.४६ प्रतिशत ऋणात्मक थियो ।

367B408218B985F-icon.png
525views
FC2C470E42ADA29-Construction-workers-make-quake-proof-houses-for-Shigeru-Ban-Nepal-House-Project.jpg

काठमाडौं । चालू आर्थिक वर्षमा निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय तथ्यांकले यस वर्ष निर्माण क्षेत्रको वृद्धि -२.०७ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

निर्माण सामाग्रीको आयातमा भएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमीजस्ता कारणले निर्माण क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदरमा संकुचन हुने तथ्यांक कार्यालयको अनुमान छ ।

गत आव ०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक -१.१० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । अघिल्लो आव ०७८/७९ को अन्तिम तथ्यांकअनुसार सो वर्षमा निर्माण क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत कायम रहेको थियो । 

कोभिड महामारी सुरु भएको वर्ष  ०७६/७७ मा पनि निर्माण क्षेत्रको मूल्य वृद्धिदर -३.४६ प्रतिशत ऋणात्मक थियो ।

निर्माण क्षेत्रमा मन्दी कायमै रहँदा निर्माणजन्य सामाग्री उत्पादन गर्ने उद्योगहरु पनि संकटमा परेका छन् । सिमेन्ट, डन्डी, पाइप एन्ड फिटिङ्स, टायल, जस्ता, फलामजन्य उद्योगहरु आधाभन्दा कम क्षमतामा चलिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

उत्पादन क्षेत्र पनि मन्दीमै

यो वर्ष उत्पादन क्षेत्रको वृद्धिदर पनि ऋणात्मक रहने प्रक्षेपण गरिएको छ । यस वर्ष निर्माण क्षेत्रको मूल्य अभिवृद्धिद -१.६० प्रतिशत रहने प्रक्षेपण सरकारको छ ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रुपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरुको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको बताइएको छ ।

घरजग्गा कारोबारमा सामान्य वृद्धि

चालू आवमा घरजग्गा कारोबार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । घरजग्गाको कारोबारमा तुलनात्मक रुपमा कमी आउको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रुपले बढ्ने प्रारम्भिक अनुमान गरेको कार्यालयले जनाएको छ ।

गत आव ०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहेको संशोधित अनुमान छ । अघिल्लो आव ०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम भएको छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू